नेपाल विद्यावारिधि संघका आजीवन सदस्य डा. प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोग जस्तो गरिमामय संस्थाको माननीय उपाध्यक्ष पदमा नियुक्त हुनु भएकोमा नेपाल विद्यावारिधि संघ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।
डा. श्रेष्ठको ज्ञान, अनुभव र नेतृत्व क्षमताले राष्ट्रिय नीति तथा योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ। उहाँको कार्यकाल देशको समग्र विकास र समृद्धिका लागि उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दछौँ।
नेपाल विद्यावारिधि संघ