Loading...

एनपीएको आयोजनामा स्मार्ट सहरी योजना र विकास सम्बन्धी सम्मेलन

Posted By:
एनपीएको आयोजनामा स्मार्ट सहरी योजना र विकास सम्बन्धी सम्मेलन


नेपाल विद्यावारिधी संघ नेपालमा स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सफलतासाथ सम्पन्न गरेको छ ।

सम्मेलनको उद्घाटन सत्रमा पूर्व मन्त्री गणेश साह, डा. घनश्याम गुरुङ, प्रज्ञा प्रधान, टेक टमाटा, जानुका ढकाल, प्रा.डा. लेखनाथ शर्मा, गोपाल सिग्देल लगायतका वक्ताहरुले नेपालको सहरी विकास सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको थियो ।

सम्मेलनमा मुख्य वक्ताका रुपमा रहनुभएका नेपाल विश्वविद्यालयका चान्सलर विन्दुनाथ लोहनीले नेपालको सहरी विकासका समस्या, अवस्था र समाधानका बारेमा विचार राख्नुभएको थियो । नेपाल विद्यावारिधी संघका अध्यक्ष सुनिलबाबु श्रेष्ठले नेपालको सहरी विकासका जटिलताको र्चा गर्दै यस विषयमा गहन अनुसन्धानको खाँचो औंल्याउनुभयो ।

सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले नीति निर्माण भए पनि कार्यान्वयनमा समस्या आएको अनुभव सुनासँदै सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

सम्मेलनमा उमेशबहादुर मल्ल, डा. जनार्दन पौडेल, दुर्गा उपाध्याय, रिजा जोशी, डा. विजयकृष्ण जोशी, स्मृति कायस्थ, डा. सुनिलबाबु श्रेष्ठ, डा. सञ्जय देवकोटा, डा. नदिरा खवाजा, प्रकाश पौडेल, आकृति राना, प्रकृति निरौला लगायतले पेपर प्रेजेन्टेसन गर्नुभएको थियो ।

दुई दिनको सम्मेलनमा सहरी विकास तथा योजना सम्बन्धमा गहन छलफल गरिएको थियो । छलफलबाट निस्किएका निष्कर्ष तथा सुझावहरुलाई सम्बन्धित निकायहरुमा पठाइनेछ र त्यसले सहरी विकास योजना तथा नीति निर्माणमा सघाउ पुग्ने विश्वास नेपाल विद्यावारिधी संघले लिएको छ ।
Source: https://www.bikashnews.com/story/558759/